पोखरामा जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
पोखरा । पोखरामा कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनमा ३२ देशका २ सयभन्दा बढी कृषि विशेषज्ञ र कृषि क्षेत्रका सरोकारवालाहरू सहभागी छन् ।
फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा भएको सम्मेलनलाई कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले उद्घाटन गर्दै नेपाल विविधताको धनी भएकाले नेपालमै यस्ता कार्यक्रम हुनु सान्दर्भिक भएको बताइन् ।
उनले नेपालमा ६ हजार ६ सय १८ प्रजातिका बालीहरू उत्पादन हुने गरेको तथ्याङ्क सुनाइन् । रैथाने बाली प्रवर्द्धन र संरक्षणमा तीनै तहका सरकार र सरोकारवालाहरूको साथ आवश्यक रहेको उनको भनाई छ । ‘रैथाने बाली संरक्षण चुनौतीपूर्ण छ । यसको संरक्षणमा तीनै तहका सरकारले काम गरिरहेको छ । सरोकारवाला सङ्घ संस्था र व्यक्तिहरूको पनि साथ आवश्यक छ,’ उनले भनिन्, ‘रैथाने बालीको गुणात्मक विकास गर्दै वातावरण अनुकूल बनाउन जरुरी छ ।’
वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले परिणाम उन्मुख काम गर्नुपर्ने बताए । उनले आवश्यक रणनीति र कार्ययोजना बनाएर जैविक विविधता सहितको उत्पादन वृद्धिमा ख्याल गर्नुपर्नेमा जोड दिए । ‘जैविक विविधता संरक्षणको जिम्मेवारी किसानमै हुन्छ । उनीहरू उत्पादक मात्र होइनन्,’ उनले भने, ‘किसानलाई नै जागरूक बनाउन सकियो भने विविधताको रक्षा हुन्छ ।’ फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसनका नेपाल र भुटान प्रतिनिधि केन सिमिजुले नेपाल जैविक विविधतामा धनी भएपनि जलवायु परिवर्तनको जोखिममा रहेको बताए । जैविक विविधता जोगाउनु चुनौतीपूर्ण रहेको भन्दै उनले अघि भने, ‘जैविक विविधतामा नेपाल धनी त छ तर सँगसँगै जलवायु परिवर्तनको जोखिममा पनि छ । यो बिर्सनु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण