शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपानिकट समाजवादी भोलेन्टियर्स केन्द्रीय समिति गठन

बुधबार, २८ चैत २०८०, ०८ : ५५
बुधबार, २८ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसको केन्द्रीय समिति गठन भएको छ । मङ्गलबार काठमाडौँको खुसिबुस्थित नेपाः ब्याङ्क्वेटमा आयोजित राष्ट्रिय भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो ।

भेलाले सङ्गठनको विधान पारित गरेको छ । आपतकालीन उद्धार, विपत् व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेसन बनाइएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, परशुराम बस्नेत राजनीतिक समिति सदस्य विद्युत् बज्राचार्य, रेखा यादवलगायतका नेताहरूले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप