सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् कर्णालीका मुख्यमन्त्रीको शपथ ग्रहण

तस्बिरमा हेर्नुस् कर्णालीका मुख्यमन्त्रीको शपथ ग्रहण

बुधबार, २८ चैत २०८०

सुर्खेत । मंगलबार नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ । उनी कर्णालीको चौथो मुख्यमन्त्री बनेका छन् । तर, सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा कँडेल एक्लैले शपथ लिएका छन् । 

मन्त्रालय भागबण्डामा एमाले–माओवादीबिच टसल हुँदा कँडेल एक्लैले शपथ लिएका हुन् । ८ सदस्यीय मन्त्रिमण्डल रहेको कर्णालीमा माओवादीले चार मन्त्रालयको माग गरेको छ । सामाजिक विकास मन्त्रालयमा दुवै दलका अडान हुँदा समस्या भएको नेताहरू बताउँछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया