चिट चोराउने प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा
काठमाडौँ । एसईई परीक्षामा चिट चोराएको आरोपमा नेपालगञ्जबाट पक्राउ परेका प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन् । नेपालगञ्जस्थित लोटस इङ्गलिश स्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहमद अल्ताफ खान धरौटीमा रिहा भएका हुन् ।
नेपालगञ्ज–२ स्थित ज्ञानोदय विद्या निकेतनबाट उनीहरू चैत २० मा पक्राउ परेका थिए । उनीहरूलाई जनही ६ हजार धरौटीमा रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले रातोपाटीलाई बताए । विज्ञान तथा प्रविधि विषयको परीक्षामा उनीहरूले आफ्ना विद्यार्थीहरूलाई ह्वाट्स एप ग्रुप बनाएर चिट चोराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
नेपालगञ्जस्थित एवान कन्सल्टेन्सीबाट पक्राउ परेका थप ३ जना पछि छुटेका छन् । प्रश्नपत्र आउट गरेर उत्तर तयार गरेस पठाएको आरोपमा पक्राउ परेका इरफान अलि मिकरानी, सन्तोष नेपाली र दिलिप बिकलाई जनही ३० हजारमा रिहा गरिएको प्रजिअ पोरखेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण