स्वास्थ्य क्षेत्रको नीति निर्माण गर्दा तथ्यमा आधारित हुनुपर्नेमा विज्ञको जोड
काठमाडौँ । स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम निर्माण गर्दा तथ्यमा आधारित रहेर बनाउनु पर्नेमा स्वास्थ्य विज्ञहरूले जोड दिएका छन् । नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको दशौँ राष्ट्रिय शिखर सम्मेलनमा स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रममा निर्माण गर्दा तथ्यमा आधारित रहेर बनाउनुपर्ने विज्ञहरूले जोड दिएका हुन् ।
स्वास्थ्य क्षेत्रको नीति तथ्यमा आधारित नभएर कार्यान्वयनमा समस्या देखिएकाले आगामी दिनमा अध्ययन अनुसन्धान तथा तथ्यमा आधारित रहेर बनाउनु पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए । ‘थुप्रै पोलिसी, हाम्रो ऐन एक अर्काबिच बाझ्ने छन्, नीति एक अर्काबिच बाझ्ने छन्’ उनले भने, ‘अरू क्षेत्र छोडी दिऊ स्वास्थ्य मन्त्रालयभित्र पनि छन् ।’
राष्ट्रिय योजना आयोगका सदस्य तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य अर्थशास्त्र महत्त्वपूर्ण भएको बताए । ‘हामीले बनाउने स्वास्थ्य योजना वर्षौ पुराना छन्,’ उनले भने, ‘दश–दश वर्षमा नयाँ योजना बनाउन पर्छ, पछिल्लो समय पाँच–पाँच वर्षमा योजना ल्याउन सके अझै राम्रो हुन्छ । ’
स्वास्थ्य मन्त्रालयको नीति निर्माणमा समस्यामा समस्या नरहेको मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले बताइन् । ‘स्वास्थ्य मन्त्रालयको पोलिसी मेकिङमा समस्या छ जस्तो लाग्दैन, कार्यान्वयन समस्या छ,’ उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने विभिन्न क्षेत्र छन्, ती क्षेत्रलाई जोड्ने गरी कार्य गर्न आवश्यक छ ।’
आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण