आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो लेगमा एट्लेटिकोलाई झिनो अग्रता

बिहीबार, २९ चैत २०८०, ०९ : ४०
बिहीबार, २९ चैत २०८०

मड्रिड । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बोरुसिया डर्टमण्डमाथि झिनो अग्रता कायम गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको २–१ गोलले विजयी बन्यो ।

घरेलु मैदानमा एट्लेटिकोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । राड्रिगो डी पाउलले टोलीलाई शानदार सुरुवात दिलाए । ३२ औँ मिनेटमा डर्टमन्डको डिफेन्सको गल्तीको फाइदा उठाउँदै सामुएल लिनोलाई गोलको अवसर सिर्जना गरे ।

तर, खेलको अन्त्यतिर डर्टमण्डले एक गोल फर्काएपछि एट्लेटिको अग्रता खुम्चियो । ८१ औँ मिनेटमा सबास्टियन हालेरले गोल गर्दै घरेलुलाई स्तब्ध बनाए । अब दुई टोली अर्को लेगमा मंगलबार डर्टमण्डको घरेलु मैदानमा भिड्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप