पहिलो लेगमा एट्लेटिकोलाई झिनो अग्रता
बिहीबार, २९ चैत २०८०, ०९ : ४०
मड्रिड । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बोरुसिया डर्टमण्डमाथि झिनो अग्रता कायम गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको २–१ गोलले विजयी बन्यो ।
घरेलु मैदानमा एट्लेटिकोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । राड्रिगो डी पाउलले टोलीलाई शानदार सुरुवात दिलाए । ३२ औँ मिनेटमा डर्टमन्डको डिफेन्सको गल्तीको फाइदा उठाउँदै सामुएल लिनोलाई गोलको अवसर सिर्जना गरे ।
तर, खेलको अन्त्यतिर डर्टमण्डले एक गोल फर्काएपछि एट्लेटिको अग्रता खुम्चियो । ८१ औँ मिनेटमा सबास्टियन हालेरले गोल गर्दै घरेलुलाई स्तब्ध बनाए । अब दुई टोली अर्को लेगमा मंगलबार डर्टमण्डको घरेलु मैदानमा भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण