एमाले ओखलढुंगामा भाँडभैलाे, कटवालले छाडे पार्टी
काठमाडौँ । नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनमा पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर मनपरी गरेको भन्दै पार्टी परित्याग गरेका छन् । तत्कालीन जिल्ला अध्यक्ष शङ्कर कटवालले पार्टी जिल्ला अधिवेशनमा नेतृत्वले देखाएको रवैया र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् ।
जिल्ला कमिटी ओखलढुङ्गाको दशौँ जिल्ला अधिवेसन बुधवार सम्पन्न भएर जीबी खड्काको अध्यक्षता जिल्ला कमिटी गठन भैसकेको छ । ‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ’, कटवालले नेतृत्वलाई बुझाएको राजीनामा पत्रमा भनेका छन् ।
उनले यस्तो अराजनीतिक कार्यशैलीले पार्टी र कार्यकर्ताको भविष्य नबन्ने भन्दै राजनैतिक न्याय समेत स्थापित गर्न नसकिने बताएका छन् । ‘यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु’, कटवालले भनेका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको दसौँ एमाले जिल्ला अधिवेशनमा खड्काले निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए । खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ लगायतको समर्थन थियो भने राईलाई केन्द्रीय सदस्य यज्ञराज सुनुवारको समर्थन थियो । कटवाल सुनुवार पक्षधर मानिन्छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण