सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार, २९ चैत २०८०, ११ : ०७
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप