नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी
बिहीबार, २९ चैत २०८०, १४ : ३३
काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।
हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएको छ । उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना विसं २०५८ चैत २० गते भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका चार जना डीआईजीको सरुवा
-
प्रलोपाद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त
-
१० बजे १० समाचार : रास्वपाभित्र स्वार्थ समूहको लडाइँ, सरकारले बनाएका प्रयोगशाला सञ्चालनमै आएनन्
-
बाजुरा र हुम्लाको सिमानामा प्रहरी र सशस्त्रको अस्थायी बेस राख्ने निर्णय
-
मन्त्री समक्ष जेनेभामा रहेका नेपाली कुटनीतिज्ञहरुको आग्रह : सरकार दूतावास बन्द गर्नेतर्फ नलागोस्
-
हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण