छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भोजपुरको आमचोक गाउँपालिका-१० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-६ देवानटार बस्ने २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको मृत्यु भएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका-१३ स्थित सान्दाने खोलामा पनि पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-१३ लेखडाँडा बस्ने सुरज मगरको छोरा ८ वर्षीय श्रवण मगरको मृत्यु भएको छ । डुबेर घाइतेक्त भएका उनको नगर अस्पताल सिर्थौली दुधौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रूकुम पश्चिमको वाफिकोट गाउँपालिका-४ छिनखेतस्थित फोहोर पानी जम्मा हुने खाडलमा डुबेर दैलेख भगवतीमाई गाउँपालिका-५ घर भएकी याम कुमारी थापाको छोरा ५ वर्षीय हिमेश थापाको मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण