सिड्नीको सपिङ मलमा चक्कु र गोली प्रहार
शनिबार, ०१ वैशाख २०८१, १३ : ५५
सिड्नी । सिड्नीको एक सपिङ मलमा गोलाबारी र चक्कु प्रहारको घटना भएको छ । घटनामा एक जनामाथि गोली प्रहार गरिएको छ भने ९ महिने शिशुसहित कयौँमाथि छुरा प्रहार गरिएको बताइएको छ ।
मानिसहरू वेस्टफिल्ड सपिङ सेन्टरबाट भाग्दै गरेको देखिएको छ । स्थानीय मिडियाले घटनामा कम्तीमा चार जनाको मृत्यु भएको बताएको छ ।
स्थानीय समयअनुसार साँझ ४ बजे चक्कु प्रहारको घटनापछि गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्थानीयलाई सो क्षेत्रमा नजान आग्रह गरेको छ ।
भिडियोमा मलबाहिर दर्जनौँ प्रहरीको गाडी र एम्बुलेन्स देखिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरमा एक जना मानिसले ठुलो चक्कु बोकेको तथा कयौँ घाइते भएको देखिएको छ । एएफपीका अनुसार सम्भावित आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण