शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा हमलापछि बाइडेनको आकस्मिक बैठक

आइतबार, ०२ वैशाख २०८१, ०९ : ५३
आइतबार, ०२ वैशाख २०८१

वासिङ्टन । इरानले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको हो ।

अमेरिकी राष्ट्रपतिले भने, ‘हामी इरानको खतराविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसको लागि दृढताका साथ खडा छौँ।’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले राष्ट्रपति बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिबारे निरन्तर अपडेट गराइरहेको जानकारी दिए ।

एड्रियनले भने, ‘उनको टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ।’

‘जो बाइडेनको सन्देश एकदम स्पष्ट छ - हामी इजरायलको सुरक्षाको लागि पूर्ण सहयोग गर्नेछौँ। अमेरिका इजरायलका जनताको पक्षमा उभिनेछ र इरानबाट हुने खतराको विरुद्धमा इजरायलको सुरक्षामा पूर्ण सहयोग गर्नेछ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप