इजरायलमा हमलापछि बाइडेनको आकस्मिक बैठक
वासिङ्टन । इरानले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको हो ।
अमेरिकी राष्ट्रपतिले भने, ‘हामी इरानको खतराविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसको लागि दृढताका साथ खडा छौँ।’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले राष्ट्रपति बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिबारे निरन्तर अपडेट गराइरहेको जानकारी दिए ।
एड्रियनले भने, ‘उनको टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ।’
‘जो बाइडेनको सन्देश एकदम स्पष्ट छ - हामी इजरायलको सुरक्षाको लागि पूर्ण सहयोग गर्नेछौँ। अमेरिका इजरायलका जनताको पक्षमा उभिनेछ र इरानबाट हुने खतराको विरुद्धमा इजरायलको सुरक्षामा पूर्ण सहयोग गर्नेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण