भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ । चलन अनुसार मध्यपुर ठिमीवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् ।
_j4Smuwg9PA.jpg)
जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक सिन्दुरे भएको थियो ।
_PQV7Df4brT.jpg)
सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो । जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा आर्थिक कारण एवं अन्य समस्या देखाउँदै १९ खटसहित जात्रा गरिएको छ ।
_Sie3GJ6JS9.jpg)
सिन्दूरै–सिन्दूरले रङ्गिएर मनाइने यो जात्रा मनाइरहँदा देखिएका दृश्यहरूलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
_gXarL8kF6x.jpg)
_AshtW6VnY0.jpg)
_rAKcoH1m4W.jpg)
_povzoaW5aN.jpg)
_wscHZMGZcB.jpg)
_6Az1vfyNYy.jpg)
_dvtEmxcZw3.jpg)
_dpWivM9Peb.jpg)
_AcN5JcKhub.jpg)
_UqWxER65op.jpg)
_KsRHXHo0fX.jpg)
_61sRw1rJNo.jpg)
_JU8N8F5JmD.jpg)
_mwkQHhlzFn.jpg)
_8xaHbKCe6E.jpg)
_nTzY45Rhtf.jpg)
_wQ0ceQqSae.jpg)
_erFMkabA0F.jpg)
प्रतिक्रिया