हमासले युद्धविरामको सम्झौता अस्वीकार गरेको इजरायलको दाबी
आइतबार, ०२ वैशाख २०८१, १३ : ३९
तेल अभिभ । हमासले युद्धविरामसम्बन्धी सम्झौता अस्वीकार गरेको इजरायलले दाबी गरेको छ । यस सम्झौताअनुसार दुई पक्षबिच इजरायली बन्धकहरूलाई रिहा गरेबापत कैदीहरूको रिहाइ गर्ने र गाजामा युद्धविराम प्रस्ताव गरिएको थियो ।
इजरायली खुफिया एजेन्सी मोसादका अनुसार हमासले मध्यस्थकर्ताको पछिल्लो योजनालाई अस्वीकार गरेको छ । यस कुराले हमासका नेता याह्या सिनवार मानवीय आधारमा सम्झौता चाहँदैनन् भन्ने थाहा हुने र अपहरण गरिएका बन्धकहरूलाई फिर्ता गर्ने उसको इरादा छैन भन्ने स्पष्ट भएको इजरायली एजेन्सीले भनेको छ ।
‘हमासले इरानसँग तनाव बढाउँदैछ । तर इजरायल पूर्ण शक्तिका साथ आफ्नो संकल्पमा अडिग छ र १३३ बन्धकहरूको रिहाइमा कुनै कसर बाँकी राख्ने छैन,’ एजेन्सीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण