महाधिवेशन तयारीबारे छलफल गर्न जसपाको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । जेठ २८ गतेदेखि हुन गइरहेको महाधिवेशनबारे छलफल गर्न बैठक बसिरहेको सो पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले बताए । ‘प्रदेशबाट संगठित सदस्यहरुको नाम पार्टी कार्यालयमा प्राप्त भएको छ, बैठकमा त्यसमाथि छलफल गरी अन्तिम रुप दिइने छ’ उनले भने ।
‘महाधिवेशन घोषणापत्र, पार्टीको नीति तथा कार्यक्रम र राजनीति प्रतिवेदनको पनि मस्यौदा तयार भएको छ, सो मस्यौदामाथि पनि छलफल हुने उनले बताए । राजनीतिक प्रतिवेदनको मस्यौदा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको छ भने पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा नीति तथा कार्यक्रमको मस्यौदा तयार भएको बताइएको छ ।
वरिष्ठ नेता श्रेष्ठले तयार पारेको प्रतिवेदनले पार्टीका पाँचवटा मुख्य कार्यभार तय गरेको छ । आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रममा वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्य कार्यभारको रुपमा समेटिएको छ ।
पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकताको विषयलाई पनि मुख्य कार्यभारका रुपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको जसपाले जनाएको छ । यसैगरी सरकार, संसद र जनसङ्घर्षलाई पनि अर्को मुख्य कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको सो पार्टीले जनाएको छ ।
पार्टीका कार्यालय सचिव सीपी सिंहले संगठित सदस्यको नामावली लगभग आइसकेको बताए । संगठित सदस्यको नाम आइसकेपछि प्रतिनिधि चयन गर्ने कार्य सुरु हुने उनले बताए । संगठित सदस्यको नाम तय भइसकेपछि महाधिवेशन प्रतिनिधि चयन गर्ने काम तत्कालै सुरु हुने उनले बताए । महाधिवेशनका लागि एकहजार प्रतिनिधि चयन गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण