सत्ता राजनीति
सुदूरपश्चिममा कैलाश चौधरीको पनि मुख्यमन्त्रीमा दाबी पेस
आइतबार, ०२ वैशाख २०८१, १६ : ०८

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।
उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । कैलाश पक्षधरले एकीकृत समाजवादीको समेत समर्थन रहेको बताएको छ । दोहोरो दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु
-
परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरूलाई सम्मान
-
प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
-
संसद्मा नीति तथा कार्यक्रममाथि छलफल जारी, सांसदका कुर्सी खाली (तस्बिरहरू)
-
युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन