जातीय विभेदयुक्त अपशब्द बोल्ने पूर्वपालिका उपाध्यक्ष गिरी पक्राउ
विराटनगर । जातीय विभेद गरेको कसुरमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धानपछि जातीय विभेद गरेको कसुरमा अदालतमा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए ।
गिरीले नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेललाई टेलिफोन कुराकानीका क्रममा जातीय विभेद हुने गरी अपशब्द प्रयोग गरेको आरोप छ । पोर्तेलले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।
नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्कीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सद्भावलाई खलबल्याउन दुरुत्साहन गरेको र नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ को ठाडो उल्लङ्घन भएको दाबी गरेको छ ।
‘कानुनी रूपमा वर्जित गरिएका यस प्रकारका उद्दण्ड र विध्वंस मच्चाउन खोज्ने उच्छृङ्खल गतिविधि साथै जातीय भेदभाव तथा छुवाछुतजन्य घटनाको हाम्रो पार्टी नेकपा (एमाले) जिल्ला कमिटी झापा खेद व्यक्त गर्दछ । दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
उता, पोर्तेलले आफूलाई परम्परागत भाषामा अपशब्द बोलेको बताए । ‘चैत १८ गते एउटा टेलिफोन संवादमा जातीय विभेद हुने गरी डम्बर गिरीले गाली गलौच र अपमानित गर्नुभयो,’ पोर्तेलले भने ।
उनका अनुसार एमाले जिल्ला अधिवेशनको सन्दर्भमा एमाले नेता दीपक कार्कीसहित आफू पनि हल्दिबारी पुगेको र सो कार्यक्रममा गरेको भाषणको विषयलाई लिएर गिरीले टेलिफोन मार्फत मनपरी भनेको उनले बताए । ‘गाउँले भाषामा विश्वकर्माहरूलाई भन्ने अपशब्द बोले, मलाई अपमानित महसुस गरेँ । त्यही टेलिफोन रेकर्ड लगेर मैले जाहेरी दर्ता गरेको हुँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण