शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाले बनायो महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका समिति

आइतबार, ०२ वैशाख २०८१, २० : २१
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाले पार्टी विधान अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार समिति गठन गरेको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।

त्यस्तै वैशाख ३ गतेभित्र प्राप्त हुन आएका सङ्गठित सदस्यहरूको विवरण मात्र राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि अभिलेख राख्ने निर्णय भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप