जसपाले बनायो महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका समिति
आइतबार, ०२ वैशाख २०८१, २० : २१
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाले पार्टी विधान अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार समिति गठन गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।
त्यस्तै वैशाख ३ गतेभित्र प्राप्त हुन आएका सङ्गठित सदस्यहरूको विवरण मात्र राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि अभिलेख राख्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण