सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार
सुनसरी । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्यधिक गर्मीका कारणले बेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ ।
सोही नगरपालिका–१० बस्ने ३० वर्षकी रिना पोख्रेल, काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ४५ वर्षीय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ वर्षीया मञ्जु खतिवडा र सर्लाही जिल्लाका ५० वर्षीय सन्तोष त्रिपाठी सोही ठाउँको पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएपछि सुरक्षा बेस चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्थायी स्वास्थ्य शिविरमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि चतरा अस्पताल पठाएको हो ।
गत चैत्र २७ बाट यही वैशाख २८ गते सम्म सञ्चालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर सहित विपद् उद्धार टिम समेत परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण