इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सोमबार, ०३ वैशाख २०८१, १३ : ४०
इलाम । इलाममा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका-१ मिलगोलाईस्थित सडकमा मे.११ प ९१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका-९ बस्ने ४६ वर्षीया मनकुमारी लावतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण