मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खाजा घरमा जुवातास खेलिरहेका ६ जना पक्राउ

मङ्गलबार, ०४ वैशाख २०८१, १२ : ५०
मङ्गलबार, ०४ वैशाख २०८१

कास्की । पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । प्रहरीले सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १५ हजार ४ सय २० रुपैयाँ र २ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप