मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राधिकरणको स्वामित्वमा खिम्ती आएपछि रामेछाप र दोलखाले शेयर पाउँछ : कुलमान घिसिङ

मङ्गलबार, ०४ वैशाख २०८१, १८ : ४१
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन् । मंगलबार काठमाडौँमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरूबाट प्राप्त अवसर र समस्या चुनौती विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत् प्राधिकरणलाई आउनुपर्ने भए पनि अहिलेसम्म आउन नसकेको बताएका हुन् । 

उनले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बीडीए, पीडीए र पीए सबै विषयमा छलफल भइरहेको बताए । उनले २०२१ मा विभिन्न रूपमा छलफल भए पनि कोभिड आएपछि थप समस्या भएको बताए । निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दाबी गरे । 

उनले भने,‘उहाँहरूले अझ बेटर अप्सनहरू दिइराख्नुभएको छ । त्यो अहिले बाहिर नल्याऔँ । यो नेपाल सरकारको स्वामित्वमा कम्पनीको रूपमा आएपछि दोलखा र रामेछापलाई शेयर दिने भन्नेमा म पनि त्यसकै पक्षमा छु । त्यो शेयर आउँछ । वैदेशिक लगानीमा निर्माण सम्पन्न भएको ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत् प्राधिकरणमा आएपछि त्यो आउँछ भन्ने लाग्छ ।’

उनले विद्युत् प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरणमार्फत तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको बताए। घिसिङले भने, ‘त्यसमा तामाकोशीको जति पनि शेयर राख्न सक्ने भनेर पत्राचार गरिएको छ । तामाकोशीको शेयर कति राख्ने छलफलमा छौँ । तामाकोशी ५ मा विद्युत् प्राधिकरणले खर्च गरिरहेको छ । त्यसमा १० प्रतिशत दोलखाले पाउने शेयर निश्चित रूपमा पाउँछन् । प्रशारणलाइनको विषयमा केही असहमतिहरू छन् । त्यसलाई पनि दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफलमा नै छौँ । दोलखालाई पुग्ने प्रसारण लाइन बन्दैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप