मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको भव्य उद्घाटन, तस्बिरहरू
फोटोफिचर

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको भव्य उद्घाटन, तस्बिरहरू

मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १४ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

rastrapati running shield (3)

वैशाख ४ देखि ६ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । विभिन्न ६ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको प्रतिस्पर्धा हुनेछ । 

rastrapati running shield (1)

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराँते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

rastrapati running shield (2)

एथलेटिक्सको छात्र/छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान १/१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । 

rastrapati running shield (4)

 प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित नयाँ रनिङ सिल्ड प्रदान गरिने छ । 

rastrapati running shield (5)

लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नै बनाइसकेकाले यसपल्ट नयाँ रनिङ सिल्ड पनि तयार गरिएको छ । नयाँ रनिङ सिल्डको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।

rastrapati running shield (6)

समग्रमा उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

rastrapati running shield (7)

नेपाल सरकारबाट प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले गत वर्षको भन्दा बजेट ३५ लाख रुपैयाँ बढी हो ।

rastrapati running shield (8)

सदस्य–सचिव घिसिङले स्थानीय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भई हुन लागेको केन्द्र स्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठुलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताए ।

rastrapati running shield (9)rastrapati running shield (10)rastrapati running shield (11)rastrapati running shield (12)rastrapati running shield (13)rastrapati running shield (14)rastrapati running shield (15)rastrapati running shield (16)rastrapati running shield (17)rastrapati running shield (18)rastrapati running shield (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया