बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू

बुधबार, ०६ साउन २०८३, १५ : ४९
बुधबार, ०६ साउन २०८३

सारांश

  • मनसुनी वायुको प्रभावले केही दिनदेखि निरन्तर वर्षा भइरहेको काठमाडौँ उपत्यकाको मौसम बुधबार बिहानैदेखि खुलेको छ।
  • निरन्तरको वर्षाले काठमाडौँवासीको जनजीवन प्रभावित बनेको थियो, जसले गर्दा उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए भने केही ठाउँमा सडक नै भासिएको थियो।
  • मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर मेघगर्जनसहित मध्यम र भारी वर्षाको सम्भावना रहेको र पहाडी तथा तराई भू-भागमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

काठमाडौँ ।  नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ। यसकै कारण काठमाडौँ उपत्यकासहित देशभर केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो। काठमाडौँको मौसम बुधबार बिहानैदेखि अघिल्ला दिनभन्दा खुलेको छ।

kathmandu (1)

निरन्तरको वर्षाले काठमाडौँवासीको जनजीवन प्रभावित बनेको थियो। उपत्यकाका केही ठाउँ डुबानमा परेका थिए भने केही ठाउँमा सडक नै भासिएको थियो।

kathmandu (2)

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले पानी पर्ने सम्भावना अझै छ। आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशभर मेघगर्जनसहित मध्यम र भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

kathmandu (3)

देशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आगामी तीन दिनसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

kathmandu (4)

ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

kathmandu (5)

वर्षा रोकिएपछि जगडोल, हलचोक र ह्वाइट गुम्बा क्षेत्रबाट काठमाडौँ सहर सुन्दर र सफा देखिएको छ।

kathmandu (6)kathmandu (7)kathmandu (8)kathmandu (9)kathmandu (10)kathmandu (11)kathmandu (12)kathmandu (13)kathmandu (14)kathmandu (15)

तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप