‘वर एन्ड बधू’ छायाङ्कनको दोस्रो सेडुल ललितपुरबाट सुरु
काठमाडौंँ । फिल्म ‘वर एन्ड बधू’ को दोस्रो सेडुलको छायाङ्कन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै फिल्मको दोस्रो सेडुल सुरु गरिएको छ । फिल्म आज दिनभर सातदोबाटो आसपासका स्थानमा छायाङ्कन हुनेछ ।
निर्देशक मिलन चाम्सको निर्देशन रहने फिल्मको पहिलो सेडुल करिब ६ महिना अगाडि रोमानियामा छायाङ्कन भएको थियो । अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने फिल्मको दोस्रो सेडुलमा मोडल कुसुम शर्मा पनि भित्रिएकी छन् ।
अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने फिल्मको पहिलो चरणको छायाङ्कन रोमानियामा गरिएको थियो । फिल्ममा आँचल, विवेक, कुसुमको अलवा सृष्टि श्रेष्ठ, हिमेश पन्त, दिनेश काफ्लेलगायतको अभिनय रहनेछ ।
हिमाल केसीको द्वन्द्व, सुदिप बरालको छायाङ्कन रहने फिल्ममा कमेडी लभ स्टोरी फिल्मलाई एलआरके इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो । डा.अमित रिजाल कार्यकारी निर्माता रहने फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउनेछ ।
फिल्मको वितरण रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण