मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘वर एन्ड बधू’ छायाङ्कनको दोस्रो सेडुल ललितपुरबाट सुरु

बुधबार, ०५ वैशाख २०८१, १० : ५५
बुधबार, ०५ वैशाख २०८१

काठमाडौंँ । फिल्म ‘वर एन्ड बधू’ को दोस्रो सेडुलको छायाङ्कन सुरु भएको छ । बुधबार ललितपुरको महालक्ष्मी मन्दिरमा पूजा गर्दै फिल्मको दोस्रो सेडुल सुरु गरिएको छ । फिल्म आज दिनभर सातदोबाटो आसपासका स्थानमा छायाङ्कन हुनेछ ।   

निर्देशक मिलन चाम्सको निर्देशन रहने फिल्मको पहिलो सेडुल करिब ६ महिना अगाडि रोमानियामा छायाङ्कन भएको थियो । अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने फिल्मको दोस्रो सेडुलमा मोडल कुसुम शर्मा पनि भित्रिएकी छन् ।

अभिनेत्री आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने फिल्मको पहिलो चरणको छायाङ्कन रोमानियामा गरिएको थियो । फिल्ममा आँचल, विवेक, कुसुमको अलवा सृष्टि श्रेष्ठ, हिमेश पन्त, दिनेश काफ्लेलगायतको अभिनय रहनेछ । 

हिमाल केसीको द्वन्द्व, सुदिप बरालको छायाङ्कन रहने फिल्ममा कमेडी लभ स्टोरी फिल्मलाई एलआरके इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको हो । डा.अमित रिजाल कार्यकारी निर्माता रहने फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउनेछ ।

फिल्मको वितरण रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप