मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

बुधबार, ०५ वैशाख २०८१, ११ : ०९
बुधबार, ०५ वैशाख २०८१

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो ।

गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगकी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका हुन् ।

सोही विषयमा अनुसन्धान गर्दा बरालको पनि संलग्नता देखिएको अख्तियारको आरोप छ । अख्तियार पोखराका सूचना अधिकारी जगदीश शिवाकोटीका अनुसार बराललाई पक्राउ गरेर केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप