अधिकार माग्दै बागमतीका वन मन्त्री पोखरेल सिंहदरबारमा
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल अधिकार माग्दै संघीय सरकार समक्ष पुगेका छन् । मन्त्री पोखरेलले वैशाख ४ गते मंगलबार संघीय वन तथा वातावरण मन्त्री नवल किशोर शाहलाई अधिकार माग गर्दै १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
वन तथा वातावरण क्षेत्रको प्रभावकारी संरक्षण, व्यवस्थापनका लागि ध्यानाकर्षण पत्र बुझाएको मन्त्री पोखरेलले बताए । समग्र वन प्रशासनमा सुशासन, वन प्रशासकहरूको मनोबल तथा क्षमता अभिवृद्धिका लागी संघ सरकार र प्रदेश सरकारबिच समन्वय र सहकार्य जरुरी रहेको उनले बताए ।
संविधान अनुसारको अधिकार प्रत्यायोजन र सहकार्यका विषय र वन क्षेत्रको व्यवस्थापन तथा संरक्षणका लागि प्रदेश सरकारका तर्फबाट उठाएका मागहरूलाई ध्यानाकर्षण मार्फत पेस गरिएको उनको भनाई छ । प्रदेश सरकारले उठाएका मागहरूका विषयमा तत्काल समाधान गर्ने तर्फ आवश्यक पहल गर्न उनले आग्रह गरेका छन् ।
मन्त्री पोखरेलले राष्ट्रिय वन क्षेत्रको एकीकृत रणनीतिक योजना यथाशीघ्र तयार गर्ने, वन ऐन २०७६ को दफा ६२ उपदफा २ अनुसार वन अपराध नियन्त्रण, मुद्दा तहकिकात तथा दायरीको लागि अनुसन्धान अधिकृत सम्बन्धी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न, प्रदेशमा वन व्यवस्थापनका कार्यक्रमहरूमा एक रुपता ल्याउन दिगो वन व्यवस्थापनका राष्ट्रिय मापदण्ड तयार गरी लागु गर्न संघीय वन मन्त्रालयसँग माग गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण