बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिने समस्या र समाधान’ अन्तर्क्रियामा चलचित्रकर्मीले राखे कोशीमा समस्या

बुधबार, ०५ वैशाख २०८१, १९ : १९
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । कोसी प्रदेशमा नेपाली चलचित्रको विकास गर्न सरकारले स्थानीय कर छुट दिनुपर्ने धारणा चलचित्रर्कीले राखेका छन् । कोशी प्रदेशमा चलचित्र छायांकनका लागि ईन्डोर सुटिङ स्टुडियोहरुको निर्माण भए चलचित्र गतिविधि बढ्ने उनीहरूको भनाई थियो । 

चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको आयोजना र मोरङ शाखाको सहआयोजनामा ‘विश्व कला दिवस’को अवसर पारेर आयोजित ‘सिने समस्या र समाधान’ विषयक अन्तरक्रिया अधिकांश वक्ताहरूले प्रदेश चलचित्र गतिविधि बढाउनुपर्नेमा समेत जोड दिए । प्रदेशमै रही आजीवन कलाकारिता गर्ने कला साधनालाई स्थानीय, प्रदेश सरकारले पनि सम्मान र विभिन्न सेवा दिनुपर्ने चलचित्रकर्मीले बताए ।

पत्रकार सुवास संकल्प श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा कलाकार प्रेम सुब्बा, हल व्यवसायी कुबेर शर्मा, चलचित्रकर्मी केशव रायमाझी, गायक श्रीकृष्ण लुइँटेल लगायतले कोशी प्रदेशमा देखिएको चलचित्र गतिविधिको समस्याको विषयमा बोलेका थिए ।

विराटनगर–३, पुष्पलाल चौकस्थित तान्डब रेष्ट्रो एन्ड क्याफेमा आयोजित चलचित्र पत्रकार संघ कोशी प्रदेश अध्यक्ष सन्जु राई (सुमित्रा)को सभापतित्वमा सम्पन्न कार्यक्रममा विराटनगर उप–महानगर पालिकाका प्रमुख नागेश कोराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, चलचित्र पत्रकार संघ कोशी इन्चार्ज नरेन्द्र बस्नेतको समेत सहभागीका रहेको कार्यक्रम कोशी प्रदेशमा देखिएको चलचित्र समस्या र त्यसको समाधानको उपाय खोज्ने उद्देश्यले आयोजित गरिएको थियो ।

चलचित्र निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले टिप्पणी गरेको कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका प्रमुख कोइरालाले आफूले प्रदेशको चलचित्र क्षेत्रको समस्याबारे बुझेको र समस्या समाधानको लागि प्रयत्न गर्ने बताए । विराटनगर कोशी प्रदेशको राजधानी भएकाले यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर कार्यक्रमहरू बनाउने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप