जसपाको महाधिवेशन एकताको महाधिवेशन हुने
बुधबार, ०५ वैशाख २०८१, २० : २०
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
बालकुमारीमा बुधबार प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतको अध्यक्षतामा बसेको प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताएका हुन् ।
जसपा विभिन्न राजनीतिक दल, घटक सङ्गठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने कुरा बताए ।
त्यस्तै अध्यक्ष यादवले महाधिवेशन केन्द्रित प्रचार प्रसारका सामाग्रीहरू प्रचार, प्रसार र प्रशारण गर्दा एकताको भावना झल्कने गरी गर्न गराउन समेत निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण