सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार नजिक
शुक्रबार, ०७ वैशाख २०८१, १२ : ०४
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेर नयाँ रेकर्ड बनेकाे हाे ।
बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण