बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?

शुक्रबार, ०७ वैशाख २०८१, १८ : २७
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ‘डिग्री माइला’ पहिलो साता ५ करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गर्दै दोस्रो सातामा प्रवेश गरेको छ । निर्माण युनिटले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै पहिलो साताको कलेक्सन सार्वजनिक गरेको हो ।

कार्यक्रममा फिल्मले काठमाडौँ उपत्यकामा २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस  कमाइगरेको जानकारी दिइयो । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले फिल्मको कमाइ आफूहरूले अपेक्षा गरेको भन्दा कम रहेको बताए । अपेक्षा कति गरिएको थियो त्यो भने उनले खुलाएनन् ।

‘हामीले फिल्मको आम्दानी कबड्डीको हाराहारी होला भनेर अनुमान गरेका थियौँ’, पोखरेलले भने, ‘त्यो हुन सकेन ।’

कार्यक्रममा अभिनेता दयाहाङ राईले फिल्मको आम्दानी मात्र नभएर प्रतिक्रिया पनि अपेक्षित नआएको बताए । फिल्मको कथा वाचन शैली फरक गर्न खोज्दा फिल्म दर्शकले खोज्ने जस्तो नभएको दयाहाङको भनाई थियो ।

कलाकार विजय बरालले डिग्री माइलाको अभिनयबाट आफू पूर्ण सन्तुष्ट नरहेको बताए । 

बाँसुरी फिल्मस् निर्मित फिल्मको निर्देशक रामबाबु गुरुङ हुन् । शैक्षिक बेरोजगारको विषयमा निर्माण भएको फिल्ममा दयाहाङ र विजयका साथै आँचल शर्मा,  प्रकाश घिमिरे, बुद्धि तामाङ लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप