पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
काठमाडौँ । पिसाबमा हुने सङ्क्रमण (युरिन इन्फेक्सन) ले तपाईंको पिसाब थैली र मिर्गौलामा सङ्क्रमण हुन सक्छ । यसले तपाईंलाई धेरै समस्या निम्त्याउन सक्छ ।
युरिन इन्फेक्सन एक सामान्य समस्या हो जसले महिलालाई बढी असर गर्छ। यसका धेरै कारण हुन सक्छन्। यसलाई बेवास्ता गर्दा तपाईंलाई धेरै गम्भीर समस्याहरू हुन सक्छ।
युरिन इन्फेक्सन के हो?
ब्याक्टेरिया मूत्रमार्गमा पसेर पिसाब नलीलाई सङ्क्रमित गर्दा पिसाबमा सङ्क्रमण हुन्छ। जसका कारण तपाईंलाई पिसाब सम्बन्धी समस्या हुन सक्छ । यसले मिर्गौला र मूत्राशयमा पनि सङ्क्रमण गर्न सक्छ।
डाक्टरहरूका अनुसार युरिन इन्फेक्सनका लक्षणहरूमा पिसाब गर्दा पोल्ने, चिसोसँगै ज्वरो आउने, पिसाबमा रगत आउने र बारम्बार पिसाब लाग्ने जस्ता लक्षण देखिन्छन् । रुघाखोकीसँगै ज्वरो आएको छ भने यो युरिन इन्फेक्सन मिर्गौलामा पुगेको सङ्केत हो ।
पानी पिउनुहोस्
युरिन इन्फेक्सनबाट बच्न वा छिट्टै निको हुन सकेसम्म पानी पिउनुपर्छ। दैनिक दुईदेखि तीन लिटर पानी पिउनुहोस्।
क्षारीय खानेकुरा उपभोग गर्ने
अम्लीय वातावरणमा ब्याक्टेरिया बढ्छ, त्यसैले केरा, स्याउ, मटर र पालक जस्ता क्षारीय चीजहरू बढी खपत गर्नुपर्छ।
क्रेनबेरी रस पनि उपयोगी
यूटीआई सङ्क्रमण प्रायः ब्याक्टेरियाको कारणले हुन्छ । त्यसैले तपाईंले छिटो राहत पाउन क्रेनबेरीको जुस पिउन सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण