शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका

शनिबार, ०८ वैशाख २०८१, १३ : २६
शनिबार, ०८ वैशाख २०८१

वासिङ्टन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई बेलआउट प्याकेज प्रदान गर्ने प्रस्ताव पारित गर्ने अपेक्षा गरिएको छ । उक्त प्रस्तावमा शनिबार मतदान हुनेछ ।

युक्रेनबाहेक इजरायललाई पनि अमेरिकाले राहत प्याकेज उपलब्ध गराउन सक्छ । सभामुख माइक जोनसनले उक्त प्रस्तावमाथि मतदान गराउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

'यो प्रस्तावले युक्रेनलाई करिब ६१ अर्ब डलर र इजरायललाई करिब २६ अर्ब डलर सहयोग गर्न सक्छ,' उनले भने। युक्रेनका प्रधानमन्त्री डेनिस शमिहालले बिहीबार अमेरिकी कंग्रेससँग विदेशी राहत प्रस्ताव पारित गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप