भक्तपुरमा चितुवा*को आक्रमणबाट एक बालिका घाइते
आइतबार, ०९ वैशाख २०८१, ०७ : ४६

भक्तपुर । भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई चितुवाले आक्रमण गरेको हो ।
घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको चितुवाले उनीमाथि आक्रमण गरेको थियो । उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।
*यसअघि स्थानीयहरुले बाघ भेटिएको भने पनि विज्ञहरुले सो जनावर चितुवा भएको जानकारी दिएकाले समाचारलाई अध्यावधिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा