वीरेन्द्र तालमा हिमपहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी (अपडेट)
पोखरा । गोरखाको वीरेन्द्र तालमा हिम पहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी आएको छ । त्यहाँका प्रहरी प्रमुख अञ्जन पौडेलले तालमा हिउँको ढिक्का र चट्टान थुप्रिएको बताए । उनका अनुसार तालबाट पानी गहिरिएर बगेको छ ।
‘मनास्लु बेसक्याम्पबाट हिउँ पहिरो गयो । तालमा हिउँ खस्यो । ढिक्का र चट्टान तालमा छ । पानी र हिउँको आकार बढी भएर बाटो खोज्ने क्रममा ताल बग्ने खोला अझै गहिरो बनाएर खोलिएको छ,’ उनले रातोपाटीसँग भने ।
निरन्तर बाढी आइरहेको उनको भनाई छ । ‘बाढी रेगुलर आएको छ । बुढीगण्डकी र वीरेन्द्र तालको पानी मिसिने ठाउँमा बुढीगण्डकी भन्दा वीरेन्द्र तालबाट आउने पानी दोब्बर छ,’ पौडेलले अघि भने । उनका अनुसार बाढीले दोभानको काठे पुल बगाएको छ भने अन्य क्षति छैन ।
सुरुमा स्थानीयले ताल फुटेको भने पनि अहिले बुझ्दा पानी थेग्न नसकेर खोला गहिरिँदै बगेको हो । कम्तीमा डेढ देखि २ घण्टासम्म निरन्तर पानी बढी आउने उनको भनाई छ । तल्लो तटमा रहेका चुमनुब्री,धार्चे,आरुघाट लगायत पालिकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण