मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

वीरेन्द्र तालमा हिमपहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी (अपडेट)

आइतबार, ०९ वैशाख २०८१, ११ : १०
आइतबार, ०९ वैशाख २०८१

पोखरा ।  गोरखाको वीरेन्द्र तालमा हिम पहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी आएको छ । त्यहाँका प्रहरी प्रमुख अञ्जन पौडेलले तालमा हिउँको ढिक्का र चट्टान थुप्रिएको बताए । उनका अनुसार तालबाट पानी गहिरिएर बगेको छ । 

‘मनास्लु बेसक्याम्पबाट हिउँ पहिरो गयो । तालमा हिउँ खस्यो । ढिक्का र चट्टान तालमा छ । पानी र हिउँको आकार बढी भएर बाटो खोज्ने क्रममा ताल बग्ने खोला अझै गहिरो बनाएर खोलिएको छ,’ उनले रातोपाटीसँग भने । 

निरन्तर बाढी आइरहेको उनको भनाई छ । ‘बाढी रेगुलर आएको छ । बुढीगण्डकी र वीरेन्द्र तालको पानी मिसिने ठाउँमा बुढीगण्डकी भन्दा वीरेन्द्र तालबाट आउने पानी दोब्बर छ,’ पौडेलले अघि भने । उनका अनुसार बाढीले दोभानको काठे पुल बगाएको छ भने अन्य क्षति छैन । 

सुरुमा स्थानीयले ताल फुटेको भने पनि अहिले बुझ्दा पानी थेग्न नसकेर खोला गहिरिँदै बगेको हो । कम्तीमा डेढ देखि २ घण्टासम्म निरन्तर पानी बढी आउने उनको भनाई छ । तल्लो तटमा रहेका चुमनुब्री,धार्चे,आरुघाट लगायत पालिकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप