बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

*गोरखाको वीरेन्द्र ताल ओभरफ्लो हुँदा बग्यो पुल

बुढीगण्डकी नदी आसपास सतर्क रहन आह्वान
आइतबार, ०९ वैशाख २०८१, १० : ११
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । हिमपहिरोका कारण गोखराको चुमनुब्री गाउँपालिकास्थित वीरेन्द्र तालमा ओभरफ्लो भएको छ । ताल ओभरफ्लो हुँदा आधा घण्टा तलको कच्ची पुल बगाएको गोरखाका एसपी बासु पाठकले रातोपाटीलाई बताए ।

मनास्लु हिमालको तल्लो भागमा पर्ने चुमनुब्री–१ स्थित सो तालबाट पानी ओभरफ्लो भएर तल्लो भागमा पानीको सतह बढेको छ । घटनास्थलमा प्रहरी पुगेको एसपी पाठकले बताए । तालभन्दा डेढ घण्टा टाढाको दुरीमा बस्ती भएको हुनाले मानविय क्षति भएको छैन ।

त्यस्तै आरुघाट गाउँपालिकाले बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रबाट पानीको बहाब बढेको जानकारी प्राप्त भएको भन्दै नदीको आसपास क्षेत्रमा बालुवा, ढुंगा उत्खनन् तथा माछा मार्ने जस्ता कार्य नगर्न र नदी आसपास क्षेत्रमा बस्ने मानिसहरुले सतर्कता अपनाउन अनुरोध गरेको छ । -(यसअघि ताल ओभरफ्लो हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ –सम्पादक )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप