समाचार
*गोरखाको वीरेन्द्र ताल ओभरफ्लो हुँदा बग्यो पुल
बुढीगण्डकी नदी आसपास सतर्क रहन आह्वान
आइतबार, ०९ वैशाख २०८१, १० : ११
काठमाडौँ । हिमपहिरोका कारण गोखराको चुमनुब्री गाउँपालिकास्थित वीरेन्द्र तालमा ओभरफ्लो भएको छ । ताल ओभरफ्लो हुँदा आधा घण्टा तलको कच्ची पुल बगाएको गोरखाका एसपी बासु पाठकले रातोपाटीलाई बताए ।
मनास्लु हिमालको तल्लो भागमा पर्ने चुमनुब्री–१ स्थित सो तालबाट पानी ओभरफ्लो भएर तल्लो भागमा पानीको सतह बढेको छ । घटनास्थलमा प्रहरी पुगेको एसपी पाठकले बताए । तालभन्दा डेढ घण्टा टाढाको दुरीमा बस्ती भएको हुनाले मानविय क्षति भएको छैन ।
त्यस्तै आरुघाट गाउँपालिकाले बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रबाट पानीको बहाब बढेको जानकारी प्राप्त भएको भन्दै नदीको आसपास क्षेत्रमा बालुवा, ढुंगा उत्खनन् तथा माछा मार्ने जस्ता कार्य नगर्न र नदी आसपास क्षेत्रमा बस्ने मानिसहरुले सतर्कता अपनाउन अनुरोध गरेको छ । -(यसअघि ताल ओभरफ्लो हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ –सम्पादक )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण