शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशिक्षणका क्रममा जापानमा दुई सैनिक हेलिकप्टर दुर्घटना

आइतबार, ०९ वैशाख २०८१, १२ : २३
आइतबार, ०९ वैशाख २०८१

टोकियो । शनिबार राति प्रशिक्षणका क्रममा जापानमा दुई सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । यो घटनामा अहिलेसम्म एक जनाको शव फेला परेको बताइएको छ । अन्य सात जना बेपत्ता छन् । दुवै हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ ।

प्रशान्त महासागरस्थित इजु टापुमा राति दुई जापानी हेलिकप्टरले पनडुब्बीसँग युद्ध अभ्यास गरिरहेका थिए । राति १०ः ३८ बजे टोरिशीमा टापु नजिकै एउटा हेलिकप्टरको सम्पर्क टुटेको थियो । केही क्षणपछि विमानबाट आकस्मिक संकेत प्राप्त भयो । त्यसको २५ मिनेटपछि करिब ११ः ०४ बजे सोही क्षेत्रमा रहेको अर्को विमानसँग पनि सम्पर्क विच्छेद भयो ।

जापानको आत्मरक्षा बल (एसडीएफ) का एक प्रवक्ताले शनिबार ढिलो एएफपीलाई घटनाको पुष्टि गरेका थिए । यसक्रममा एक व्यक्तिको उद्धार गरिएको थियो । उनी चालक दलको सदस्य भएको तर उनको मृत्यु भएको बताइएको छ । बेपत्ता अन्य सात जनाको खोजी कार्य जारी छ ।

विमानका केही हिस्सा समुद्रमा देखिएको रक्षामन्त्री मिनोरु किहाराले बताएका छन् । यसबाट दुवै विमान दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारण थाहा नभए पनि आफ्नो प्राथमिकता मान्छेलाई बचाउनु भएको उनको भनाइ छ ।

चालक दलका एक सदस्यलाई उद्धार गरिएको थियो तर उनको पनि उपचारको क्रममा मृत्यु भएको थियो । घटना भएको समयमा आसपासको जल क्षेत्रमा अन्य कुनै विमान वा जहाज नभएकोले घटनामा अन्य कुनै देशको संलग्नताको सम्भावना नभएको समुद्र आत्मरक्षा बलले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप