‘फिरफिरे फिरिरी’को शुभ–मुहुर्त
काठमाडौँ । विन्ध्यवासिनी क्रियसनको ब्यानरमा मनोज कुमार अधिकारीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘फिरफिरे फिरिरी’ शुभमुहुर्त गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबिच मुहूर्तसँगै फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्मको जेष्ठको पहिलो साता भित्र छायाङ्कन सक्ने लक्ष्य निर्माण युनिटको छ ।
आगामी दसैँमा रिलिज गर्ने योजनासहित फिल्म निर्माण हुन लागेको हो । निर्माता अधिकारीले यसअघि ‘नौ डाँडापारी’, ‘मङ्गलसूत्र’ जस्ता फिल्म निर्माण गरेका थिए ।
फिल्मको निर्देशन नवीन भट्टले गर्दै छन् । भट्टको यो निर्देशनमा डेब्यु फिल्म हो । सोसल हरर कमेडिजनरामा निर्माण हसन लागेको फिल्मका लेखक सन्दिप श्रेष्ठ तथा नवीन भट्ट हुन् ।
फिल्ममा शंकर सेढाई, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, सन्दिप श्रेष्ठ र मनोज कुमार अधिकारीको अभिनय रहनेछ ।
जीतु तामाङ्गको छायाङ्कन, पिटर प्रिन्स कार्यकारी निर्माता रहेको फिल्ममा प्रशान्त सिवाकोटीले सङ्गीत दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण