ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
सोमबार, १० वैशाख २०८१, ०९ : १८
ताप्लेजुङ । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद रु २० हजार नष्ट छ । ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनमा १ सय पटकसम्म प्रेमीलाई फोन गर्ने किशोरी, ‘लभ ब्रेन’ नामक मानसिक समस्या पुष्टि
-
राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापानमा सहभागी
-
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
-
भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
-
ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान
-
महासंघका प्रतिनिधिले भेटे पर्यटन मन्त्री, बजेटमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड