वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेशले पाँच रनले हरायो गण्डकी प्रदेशलाई
काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको सोमबार सम्पन्न खेलमा कर्णाली प्रदेशले जित हासिल गरेको छ । कोठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको उक्त खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हासिल गर्यो ।
वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६८ रन बनाएको थियो । गण्डकीले भने निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ६३ रनमात्र बनाउन सक्यो ।
कर्णाली प्रदेशको प्रतिस्पर्धात्मक जितमा ओपनर ब्याट्सम्यान विपिन रावलले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान विपिनले ६८ रन बनाए । उनले केवल ४३ बलको सामना गरी पाँच छक्का र चार चौका पनि हिर्काए । उनी म्यान अफ दी म्याच पनि घोषित भए ।
अर्का ओपनर रविन्द्र शाहीले पनि टोलीका लागि ३३ रनको योगदान गरे । उनले ३७ बलमा चार चौका हिर्काएका थिए । विपिन र रविन्द्रले ओपनिङ विकेटका लागि एक सय एक रनको साझेदारी गरे । अर्जुन घर्तीले पनि टोलीको खातामा २८ रन थपे । उनले १६ बलमा एक छक्का र तीन चौका हिर्काए ।
दिनेश अधिकारी २९ रनमा अविजित रहे । उनले १९ बलमा एक छक्का र तीन चौका प्रहार गरे । गण्डकी प्रदेशका बलर अमृत गुरुङले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए । जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि ओपनर अर्जुन कुमालले ७० रनको पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ५५ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काएका थिए ।
रोसन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ र ईश्वर क्षेत्रीले १२ रन बनाएका थिए । कर्णाली प्रदेशका बलर दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा कर्णाली प्रदेशले चार खेल खेल्दै तेस्रो जित हासिल गरेको हो । एक खेलमा भने कर्णाली प्रदेश पराजित भएको थियो । गण्डकी प्रदेशको भने पाँच खेलमा यो चौथो हार हो । गण्डकी प्रदेश एक खेलमा भने विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण