गुल्मीको इस्मामा थप दुई घर जलेर नष्ट
सोमबार, १० वैशाख २०८१, १४ : ४६
बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । सोमबार इस्मा गाउँपालिका– ६ को बुल्ममा दुई घर र एक गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगोलाई स्थानीय, जनप्रतिनिधि, प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेले जानकारी दिए ।
यसअघि यही वैशाख ८ गते जिल्लाका ४१ घर जलेका थिए । जसमा इस्मा गाउँपालिकाका मात्रै २५ घर जलेर पूर्णरुपमा क्षति भएका थिए ।
योसँगै इस्मामा क्षति हुने घरको सङ्ख्या २७ पुगेको छ । आगलागीबाट करिब ६ लाखको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन