गुल्मीको इस्मामा थप दुई घर जलेर नष्ट
सोमबार, १० वैशाख २०८१, १४ : ४६
बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । सोमबार इस्मा गाउँपालिका– ६ को बुल्ममा दुई घर र एक गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आगोलाई स्थानीय, जनप्रतिनिधि, प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेले जानकारी दिए ।
यसअघि यही वैशाख ८ गते जिल्लाका ४१ घर जलेका थिए । जसमा इस्मा गाउँपालिकाका मात्रै २५ घर जलेर पूर्णरुपमा क्षति भएका थिए ।
योसँगै इस्मामा क्षति हुने घरको सङ्ख्या २७ पुगेको छ । आगलागीबाट करिब ६ लाखको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
-
रास्वपाले लिएको सामाजिक लोकतन्त्रबारे एक दृष्टि
-
सहायक प्रमुख जिल्ला अधिकारीको खानामा किरा भेटिएपछि होटललाई ५० हजार जरिवाना
-
नाचेर भोट माग्दै रास्वपाका उम्मेदवार, तस्बिरमा हेर्नुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण