कर्णालीमा पहिलो पटक संस्कृतिको उत्सव हुँदै
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक संस्कृतिको उत्सव हुने भएको छ । ‘खस भूमिमा लेखन र पठन संस्कृति’को विकास गर्ने उद्देश्यसहित मंगलबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उक्त उत्सव सञ्चालन हुने भएको हो ।
कार्यक्रमको आयोजक संस्था कर्णाली रिडर्स सोसाइटीले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको छ । कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा लेखक डा. नवराज केसीले बताए ।
उत्सवमा कर्णालीको इतिहासका बहुआयामिक क्षेत्रको विषयमा लेखन, प्रकाशन, विमर्श र पठन संस्कृतिको विकासका लागि सकारात्मक वातावरण तयार गर्न बहस गरिने छ ।
‘नेपाली भेषभुषा, रीतिरिवाज र परम्पराको सामाजिक, ऐतिहासिक अध्ययनको लागि यो क्षेत्र उर्वर भूमि हो,’उनले भने, ‘यो एउटा अभियान हो, यहाँका प्रचुर सम्भावनाहरूको खोज गर्ने, अवसर प्रदान गर्ने साझा मञ्चका रूपमा अब बर्षेनी वृहत कर्णाली साहित्य महोत्सव हुने छ ।’
उत्सवमा योगी नरहरीनाथदेखि कर्णालीकाे इतिहासका विषयमा लेखिएका पुस्तकहरू प्रद्धशनीमा राखिने पनि उनले बताए । कर्णालीका विषयमा लेखिएका करिब ५ सय पुराना पुस्तकहरू संकलन गरिएको पनि उनले जानकारी दिए । उत्सवमा देशभरका साहित्यकार, कवि, विद्धान लेखकहरूको उपस्थिति रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण