बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
सारांश
- प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।
- उनले सीमा विवादबारे प्रमाणका आधारमा कुरा गरेको र राष्ट्रियतामाथि आशंका नगर्न आग्रह गरेका छन् ।
- प्रधानमन्त्री शाहले अख्तियारका पदाधिकारीहरूसँगको विवादबारे पनि स्पष्टीकरण दिँदै विगतका गडबडीबारे अनुसन्धान गर्न आवश्यक परे ५ वर्षसम्म छलफल गर्ने बताएका छन् ।
काठमाडाँ । प्रधानमन्त्री बालेन शाहसँग प्रतिपक्ष दलहरूले प्रतिनिधि सभामा बोल्नुपर्ने र सीमाको विषयमा खाजेको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे महाधिवेशनबाट दिएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा जवाफ दिएका हुन्। उनले प्रतिपक्ष दलहरुले प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा बोल्नुपर्ने र संसद्मा सिमा विवादको विषयमा बोलेको जवाफ मागिरहेका थिए।
तर प्रधानमन्त्री बालेनले संसद्मा स्पस्टीकरण दिएका थिएनन्। उनको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका थिए।
बाेलेन भन्ने विषयलाई व्यंग्य गर्दै उनले भने,'नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ ।' जुन प्रतिपक्ष दलहरुलाई व्यंग्य थियो।
त्यस्तै उनले सीमा विवादको विषयमा प्रमाणका आधारमा कुरा गरेको बताए । प्रधानमन्त्री शाहले भने,‘हामीले मध्यस्थकर्ता गर्न खोजेको होइन। हामीसँग प्रमाण छैन भने त्यो खोज्न हामी त्यहाँसम्म पनि जानुपर्छ भनेको हो ।’ उनले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्न आग्रह गरे ।
प्रधानमन्त्री शाहले हालै अख्तियारका पदाधिकारीहरूलाई बोलाएर सोधपुछ गरिएको भन्दै भइरहेको विवादबारे पनि स्पस्टीकरण दिए।
प्रधानमन्त्री शाहले विगतमा भएका गडबडीहरूलाई अनुसन्धान गर्ने क्रममा आवश्यक पर्छ भने पाँच घण्टा नभई पाँच वर्ष पनि छलफल गर्ने जिकिर गरे।
उनले भने,‘विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्छाैँ। हामी नियम भन्दा बाहिर जाँदैनौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण