दिल्लीलाई झट्का, मार्शले बाँकी सिजन गुमाउने
नयाँ दिल्ली । दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्शले आईपीएल २०२४ का बाँकी खेलहरू गुमाउने भएका छन् । मार्स केही दिनअघि ह्यामस्ट्रिङको चोटको उपचारका लागि घर फर्किएका थिए ।
आईपीएलको चालू सिजनपछि अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपलाई ध्यानमा राख्दै क्रिकेट अस्ट्रेलियाले मार्सलाई आफ्नो देशमै राख्न चाहेको छ । उनी छिट्टै निको भई यो विश्वव्यापी प्रतियोगिताका लागि पूर्ण रूपमा फिट रहन सकून् भन्दै अस्ट्रेलिया सचेत देखिएको छ ।
मार्सले यो सिजन दिल्ली क्यापिटल्सबाट चार खेल मात्र खेलेका थिए । मार्सले पछिल्लो पटक ३ अप्रिलमा दिल्ली र कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध खेलेका थिए जहाँ ऋषभ पन्तको नेतृत्वमा रहेको टोली १०६ रनले पराजित भएको थियो। त्यो खेलमा केकेआरले २७२ रन बनाएको थियो ।
यो सिजन मार्सको प्रदर्शन राम्रो थिएन । उनले केकेआर विरुद्ध कुनै रन नबनाई पभिलियन फर्किएका थिए भने त्यसअघि २०, २३ र १८ रन बनाए । मुम्बई इन्डियन्ससँगको खेलपछि मार्स अप्रिल ७ मा अस्ट्रेलिया फर्केका थिए र बाँकी सिजनमा उनको सहभागितामा शङ्का उत्पन्न भएको थियो।
मिडिया रिपोर्टका अनुसार दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङले आईपीएल २०२४ सिजनको दोस्रो चरणमा मार्स उपलब्ध नहुने पुष्टि गरेका छन् । पोन्टिङले भने, ‘मलाई लाग्दैन कि मार्स फर्किन्छन् । प्रतिस्थापन खेलाडीहरूको लागि सीमित समय छ। क्रिकेट अस्ट्रेलियाले मार्सलाई उनको रिकभरी प्रक्रिया सुरु गर्न घर फर्काउन चाहेको थियो । हामीले उनलाई सकेसम्म चाँडो त्यहाँ पठाएका थियौँ। मैले मार्शसँग कुरा गरेको छु । उनको रिकभरीले पहिले सोचेकोभन्दा बढी समय लिने देखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण