पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
नयाँ दिल्ली । भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा भारतीय योग गुरु रामदेव र पतञ्जली आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक बालकृष्ण मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका थिए । पेशीका क्रममा दुवैले भ्रामक विज्ञापनसम्बन्धी मामिलामा पत्रपत्रिकाहरूमा माफीनामा छपाएको बताएका थिए ।
सोमबारका पत्रपत्रिकाहरूमा प्रकाशित यी माफीनामा पतञ्जली आयुर्वेदको उत्पादनको विज्ञापन गर्दा जत्तिकै ठुलो थियो त भनेर सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदलाई प्रश्न गरेको थियो ।
रामदेव र बालकृष्ण आफैँ मंगलबार सर्वोच्च अदालतमा हाजिर हुनुपर्ने थियो । पछिल्लो सुनुवाइमा रामदेव र बालकृष्ण दुवैले सर्वोच्च अदालतमा माफी मागेका थिए र सार्वजनिक रूपमा माफी माग्न पनि प्रस्ताव गरेका थिए । न्यायाधीश हिमा कोहली र एहसानुद्दीन अमानुल्लाहको इजलासले पतञ्जली आयुर्वेद, यसका प्रबन्ध निर्देशक आचार्य बालकृष्ण र सह–संस्थापक रामदेवविरुद्ध भ्रामक विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ गर्दैछ ।
समाचार एजेन्सी पीटीआईका अनुसार रामदेव र बालकृष्णको पक्षमा उपस्थित वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले सोमबार ६७ वटा पत्रपत्रिकामा माफीनामा छपाइएको बताएका थिए । यस मुद्दाको अर्को सुनुवाइ अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । न्यायाधीश कोहलीले पतञ्जली आयुर्वेदलाई पत्रपत्रिकामा छापिएको विज्ञापन काटेर रेकर्डमा राख्न आदेश दिएका छन् ।
यदि फोटोकपी गरी ठुलो आकार देखाउन खोजियो भने अदालतले राम्रो नलाग्ने पनि भनिएको थियो । विज्ञापन कति ठुलो छापिएको थियो भनेर हेर्न चाहेको न्यायाधीश कोहलीको भनाइ छ । यस महिनाको सुरुमा भएको सुनुवाइमा अदालतले गल्ती समातेपछि माफी मागिएको भन्दै रामदेव, बालकृष्ण र पतञ्जली आयुर्वेदको निशर्त माफी स्वीकार गर्न अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
'तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?' भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण