शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?

मङ्गलबार, ११ वैशाख २०८१, १४ : ५२
मङ्गलबार, ११ वैशाख २०८१

नयाँ दिल्ली । भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा भारतीय योग गुरु रामदेव र पतञ्जली आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक बालकृष्ण मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका थिए । पेशीका क्रममा दुवैले भ्रामक विज्ञापनसम्बन्धी मामिलामा पत्रपत्रिकाहरूमा माफीनामा छपाएको बताएका थिए ।

सोमबारका पत्रपत्रिकाहरूमा प्रकाशित यी माफीनामा पतञ्जली आयुर्वेदको उत्पादनको विज्ञापन गर्दा जत्तिकै ठुलो थियो त भनेर सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदलाई प्रश्न गरेको थियो ।

रामदेव र बालकृष्ण आफैँ मंगलबार सर्वोच्च अदालतमा हाजिर हुनुपर्ने थियो । पछिल्लो सुनुवाइमा रामदेव र बालकृष्ण दुवैले सर्वोच्च अदालतमा माफी मागेका थिए र सार्वजनिक रूपमा माफी माग्न पनि प्रस्ताव गरेका थिए । न्यायाधीश हिमा कोहली र एहसानुद्दीन अमानुल्लाहको इजलासले पतञ्जली आयुर्वेद, यसका प्रबन्ध निर्देशक आचार्य बालकृष्ण र सह–संस्थापक रामदेवविरुद्ध भ्रामक विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ गर्दैछ ।

समाचार एजेन्सी पीटीआईका अनुसार रामदेव र बालकृष्णको पक्षमा उपस्थित वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले सोमबार ६७ वटा पत्रपत्रिकामा माफीनामा छपाइएको बताएका थिए । यस मुद्दाको अर्को सुनुवाइ अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । न्यायाधीश कोहलीले पतञ्जली आयुर्वेदलाई पत्रपत्रिकामा छापिएको विज्ञापन काटेर रेकर्डमा राख्न आदेश दिएका छन् ।

यदि फोटोकपी गरी ठुलो आकार देखाउन खोजियो भने अदालतले राम्रो नलाग्ने पनि भनिएको थियो । विज्ञापन कति ठुलो छापिएको थियो भनेर हेर्न चाहेको न्यायाधीश कोहलीको भनाइ छ । यस महिनाको सुरुमा भएको सुनुवाइमा अदालतले गल्ती समातेपछि माफी मागिएको भन्दै रामदेव, बालकृष्ण र पतञ्जली आयुर्वेदको निशर्त माफी स्वीकार गर्न अस्वीकार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप