शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मार्ने धम्की दिएर ६६ वर्षीया महिला बलात्कृत

मङ्गलबार, ११ वैशाख २०८१, १६ : ५४
मङ्गलबार, ११ वैशाख २०८१

उदयपुर । ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । लिम्चुङबुङ गाउँपालिका-४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

राईले ती महिलालाई ज्यान मार्ने धम्की दिएर आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको र त्यसैको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप