शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हतियारसहित ४ जना जना पक्राउ

मङ्गलबार, ११ वैशाख २०८१, १६ : ५९
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । 

यता सिन्धुलीको कमलामाई नगरपालिका-८ बाधठेडा जंगलबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-८ खरबाह बस्ने ४५ वर्षीय हिरालाल स्याङताङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस्तै मोरङको बेलबारी नगरपालिका-७ भाटी बाहुनीस्थित नहरको डिलबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बाहुनी र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप