धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
धनुषा । धनुषाबाट अपहरणमा परेका इन्स्योरेन्समा काम गर्ने एक व्यक्तिलाई सर्लाहीबाट उद्धार गरिएको छ ।
उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार गरेको हो । सो क्रममा अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो मिथिला नगरपालिका ६ बाट थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोजतलासका क्रममा पीडितलाई भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट ५ जना पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।
यस्तै थापालाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको अवाले जानकारी दिए । उनका अनुसार थापा इन्स्योरेन्स कम्पनीका कार्यरत रहेको र लेनदेनको विवादकै कारण आरोपीहरूले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइँदै गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी १ का जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिरहाको गोरबजार ६ का शंकर लामा र गोलबगार नपा २ का अरुण कुमार लामा छन् । यसबारेमा थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण