सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा तीन जना मृत फेला

बुधबार, १२ वैशाख २०८१, १२ : ३७
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित जन स्वास्थ्य कार्यालय नजिक नालीको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिका-९ रमुवादहस्थित भगरम खोलामा सोही ठाउँ बस्ने ५० वर्षीय सहिलाल बुढामगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

यता रूपन्देही स्थित देवदह नगरपालिका-९ घोडाहा फुलबारी टोल बस्ने ४४ वर्षीया दानुका रोकाया आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप