सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज

बुधबार, १२ वैशाख २०८१, १४ : ३२
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । निर्देशक सुरज सुनुवारले फिल्म ‘खजुरे ब्रो’ सन्देश भन्दा पनि मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको बताएका छन् । फिल्ममा गम्भीर कथा वाचन नरहेको तर दर्शकले रुचाउने विषयवस्तु राखिएको उनको भनाई छ ।

‘कमेडी भनेर ‘खजुरे ब्रो’मा कमेडी मात्र पनि छैन । अरू रसहरू पनि छ’, उनले रातोपाटीसँग भने, ‘समग्रमा भन्नुपर्दा यो फिल्म मनोरञ्जनात्मक हेतु निर्माण भएको हो ।’ निर्देशक सुनुवारले फिल्मको कथा धरानबाट टिपेका हुन् । धरानमा केही अगाडि ‘खजुरे’ नामको एक पत्र थिए । जसले राम्रै पारिवारिक स्थितिका बाबजुत रक्सीको नशा र प्रेमको असफलताले सडकमा जीवन सकेका थिए । सोही पात्रलाई आधार मानेर फिल्म बनेको हो ।

फिल्ममा उनले ‘खजुरे’ जीवन नउठाएको स्पष्ट पारे ।  फिल्मको थिक मात्र ‘खजुरे’ पात्रको लिएको उनले बताए । ‘एउटा कमेडी फिल्म बनाउने सोचका साथ बलियो पात्रको खोजीमा थियौ । त्यो पात्र रोचक हुनुपर्छ । त्यसले कमेडीलाई सफल बनाउँछ भन्ने थियो’, सुनुवारले थपे , ‘धरान जाँदा खजुरे दाइको बारेमा धेरै सुन्थे । सुनिल हाइजिन भन्ने दौंत्तरी हुनुहुन्थ्यो । जो राम्रो गिटार बजाउनुका साथै प्यारोडी गीतहरू बनाउने गर्नुहुन्थ्यो । उहाँहरूको जुन जीवनशैली र जोक्सहरु थियो, ती धरान र आसपासमा चर्चित छन् । ती सुन्दा मलाई पात्र रोचक लाग्यो ।’ 

कमेडी जनरामा काल्पनिक पात्र लेख्नुभन्दा सुनेको, देखेको पात्रलाई नै फिक्सनमा ढाल्न अझ सजिलो हुने भएकोले ‘खजुरे’ पात्रमाथि फिल्म बनाएको उनले खुलाए । ‘खजुरे रोचक पात्र त हो  । तर उसको जीवनमा फिल्ममा चाहिने जस्तो रोचक कुराहरू नभएकोले जीवनी नबनाएको हो’, उनले थपे ।

यसअघि ‘षडङ्ग’ फिल्म बनाएका सुनुवारले केही लामो समयपछि यो दोस्रो फिल्म ल्याएका हुन् । ‘षडङ्ग’ले सोचे अनुसारको प्रतिक्रिया नपाएकोले अर्को फिल्म ल्याउन लामो समय लागेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप